Logo

पोखरा विमानस्थलको काम २० प्रतिशत सम्पन्न, समयमै सकाउन मन्त्री अधिकारीको निर्देशन

पोखरा विमानस्थलको काम २० प्रतिशत सम्पन्न, समयमै सकाउन मन्त्री अधिकारीको निर्देशन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले निर्माणाधिन क्षेत्रीय अन्तरराष्ट्रिय पोखरा विमानस्थलको कामलाई तिब्रता दिन निर्देशन दिएका छन ।

स्थानीय तह पूर्वधार विकास कार्यक्रको विनियोजीत रकमको सार्वजनिकीकरण एवं स्थानीय विकास पूर्वधार साझेदारी कार्यक्रमका लागि पोखरा पुगेका मन्त्री अधिकारीले विमानस्थलको अवलोकन गर्दै कामलाई तिब्रता दिन निर्देशन दिएका हुन ।

पोखरा विमानस्थलको सोमबार अवलोकन गर्दै मन्त्री अधिकारीले विमानस्थल निर्माणमा कुनै प्रकारको ढिला सुस्ती नगर्न निर्देशन दिएका हुन । आयोजना प्रमुख विनेश मुनाकर्मीले आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको जानकारी दिंदै सिमेन्ट अभावले काममा केही ढिलाई भएको बताएका छन ।

११ अगष्ट १०१७ बाट शुरु भएको यो विमानस्थलको २०२१ जुलाईमा निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ । उक्त विमानस्थल २१ अर्ब ६० करोड रुपैयाँ लागतमा बन्न लागेको विमानस्थलको निर्माण भने चाइना सीएएमसी इन्जिनियरिङले गरीरहेको छ ।

यो विमानस्थल संचालनमा आए पछि ठूला विमानहरुले समेत अन्तरराष्ट्रिय उडान भर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्