Logo

वाईडबडी खरिदमा लेखा समिति र निगमबीच जुहारी, समिति भन्छ वाईडबडी खरिदमा ६ अर्ब घोटला भयो, निगम भन्छ पारदर्शी छ

वाईडबडी खरिदमा लेखा समिति र निगमबीच जुहारी, समिति भन्छ वाईडबडी खरिदमा ६ अर्ब घोटला भयो, निगम भन्छ पारदर्शी छ



काठमाडौं । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको आईतबार बसेको बैठकले वाईडबडी खरिद प्रकृयामा अनिमियतता भएको निष्कर्ष निकालेको छ ।

समितिले महालेखाको प्रतिवेदन अनुसार नयाँ वाईडबडी खरिद प्रकृया नियम संगत नभएको उल्लेख गरेको भन्दै विमान खरिदमा घोटलाबारे सरकारसँग जबाफ माग गरेका छन ।

आईतबार बसेको समितिको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सार्वजनिक ऐन २०६३ र नेपाल वायुसेवा निगम, आर्थिक विनियमावली २०६५ अनुसारनै वाईडबडी खरिद गरेको बताएका छन ।

त्यस्तै निगमका महाप्रवन्धक कंसाकारले पनि आफुहरुले नियम संगतनै खरिद गरेको दावी गरेका छन । उनले वाईडबडी जहाजमा शतप्रतिशत पारदर्शिता भएको ठोकुवा गरे पछि छलफलमा सहभागी सांसदहरुले महालेखाको प्रतिवेदनले भनेको झुट्टा हो भनेर प्रश्न गर्न थाले पछि निगम पक्ष बोल्न नसक्ने अवस्थामा पुगेका थिए ।

समितिले वाईडबडी खरिद प्रकरणमा करिब ६ अर्ब रुपैयाँ भन्दा माथीको रकम घोटला हुन सक्ने भन्दै सरकारसँग जबाफ माग गरेको समितिका सभापति भरत शाक्यले जानकारी दिएका छन ।

जहाज खरिदमा भएको अनिमियततालाई समितिका सदस्यहरुले बहुमतको आधारमा कार्वाहीका माग गरे पनि सभापति शाक्यले नियम संगत जाने भन्दै अर्को बैठक पछि मात्रै कार्वाही प्रकृया अगाडी बढाउने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL