Logo

वाइडबडी खरिद प्रकरणः अन्तरराष्ट्रिय सम्बन्ध समितिलाई आईतबार कागजपत्र बुझाउँदै निगम

वाइडबडी खरिद प्रकरणः अन्तरराष्ट्रिय सम्बन्ध समितिलाई आईतबार कागजपत्र बुझाउँदै निगम



काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद प्रक्रियाको सम्पूर्ण कागजपत्र २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउन तयारी थालेको छ । निगमका कार्यकारी अध्यक्ष खरेलले आज शनिबार भए पनि आफुहरु त्यसको तयारीमा लागेको जानकारी दिएका छन ।

उनका अनुसार ‘हामी हाम्रो तर्फबाट सबै काम आजै सकाउँछौ’ २४ घण्टाको समय जो दिएको छ सोही समयमा बुझाउने तयारी गरे पनि आज बिदा भए पछि भोली मात्रै बुझाउने अध्यक्ष खरेलले जानकारी दिएका छन ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा भएको वाइडबडी जहाज खरिद प्रकरणबारे भएको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सबै कागजपत्र २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL