Logo

आईतबारबाट संचालनमा ल्याउँदै अन्नपुर्ण, वारेन्टी क्लेम नगर्ने

आईतबारबाट संचालनमा ल्याउँदै अन्नपुर्ण, वारेन्टी क्लेम नगर्ने



काठमाडौं । निगमको ग्राउण्डेड वाइडबडी ‘अन्नपुर्ण’ आईतबार देखि संचालनमा आउने भएको छ । निगमको उक्त जहाजको ब्रेक सिस्टममा समस्या आए पछि विगत १६ दिन देखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छ ।

निगमको उक्त जहाजको डेडवर्षे वारेन्टी भए पनि जहाज ल्याएको ४ महिना नपुग्दै समस्या आएको हो । आईतबार देखि संचालनमा ल्याउने गरी काम तिब्र रुपमा भईरहेकोे निगमा कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिएका छन ।

डेडवर्षे वारेन्टी भए पनि यस्ता सानातिना समस्याको लागि वारेन्टी क्लेम नगर्ने निगमले जानकारी दिएको छ । निगमका अनुसार सो जहाजको ब्रेक सिस्टम परिवर्तन गरीसकेको र सानो टुल्स मात्रै आउन बाँकी रहेकाले आईतबार मात्रै संचालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL