Logo

निगमको वाइडबडीले फेब्रुअरीबाट जापान उडान भर्दै, अप्रिल देखी साउदी र दक्षिण कोरिया पनि

निगमको वाइडबडीले फेब्रुअरीबाट जापान उडान भर्दै, अप्रिल देखी साउदी र दक्षिण कोरिया पनि



काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी ए३३०–२०० जहाजले फेब्रुअरीबाट जापानमा उडान भर्ने भएको छ ।

जापानको ओसाका शहरमा फे्ब्रुअरी पहिलो साताबाट र मार्च पहिलो हप्ता भित्रमा गोन्जवा शहरमा उडाउने पहिलो चरणमा तयारी भईरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिएका छन ।

त्यस्तै दोस्रो चरणमा भने साउदीअरेवियामा अप्रिल र मेमा साउथकोरीया उडाउने गरी काम भईरहेको निगमका कार्यकारी अध्यक्ष खरेलले जानकारी दिएका छन । निगमको जहाजले हाल हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा उडान गरीरहेका छन ।

निगमले गोन्जवा र ओशका शहरमा उडानको लागि तिब्र तयारी गरेको र केही समयमानै ति २ शहरमा आफ्नो क्याम्प स्थापना गर्न लागेको खरेलले जानकारी दिएका हुन ।

वाइडबडी विमान थप भएसँगै जापान, साउदी अरेबीया र दक्षिण कोरिया उडान गर्ने योजना थियो । तर हाल सम्म ती देशहरुमा निगमले उडान भर्न सकेको छैन । अब भने छिट्टै ति शहरहरुमा पनि निगमको जहाजले उडान भर्न पाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL