Logo

निगमको जहाजमा ब्यागेज नियम परिवर्तन, १६० सेन्टिमिटरभन्दा ठूला लगेज ल्याए २ सय दिराम तिर्नु पर्ने

निगमको जहाजमा ब्यागेज नियम परिवर्तन, १६० सेन्टिमिटरभन्दा ठूला लगेज ल्याए २ सय दिराम तिर्नु पर्ने



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले इकानोमी क्लासमा नियम परिवर्तन गरेको छ ।

निगमको जहाजमा इकानोमी क्लासको लगेजको नियम परिवर्तन गरेको हो । दुबईबाट काठमाडौं आउने यात्रुले नेपाल आउाँदा ‘इकानोमी क्लास’ का यात्रुका लागि नयाँ ब्यागेज नियम कार्यान्वयनमा ल्याएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन ।

हाललाई दुबईबाट आउने यात्रुका लागि कुनै पनि यात्रुले एउटा ब्यागेजको तौल अधिकतम ३० किलोसम्मको हुनुपर्ने जानकारी दिएका छन । विद्युतीय उपकरणसहितको चेक–इन ब्यागेज भने दुईथानसम्म ल्याउन अनुमति दिइएको प्रवक्ता सिग्देलले बताए ।

चेक–इन ब्यागेजको आकार भने लम्बाइ, चौडाइ र उचाइ १ सय ६० सेन्टिमिटरभन्दा बढी हुन नहुने र यदी त्यो भन्दा ठूलो लगेज भएको खण्डमा २ सय दिराम तिर्नु पर्ने समेत सिग्देलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL