Logo

निगमको नयाँ जहाज अन्नपूर्णले पार्किङ शुल्क वापत साढे २२ लाख तिर्दै, ग्राउण्डेड जहाज बुधबार देखि संचालन

निगमको नयाँ जहाज अन्नपूर्णले पार्किङ शुल्क वापत साढे २२ लाख तिर्दै, ग्राउण्डेड जहाज बुधबार देखि संचालन



काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ वाईडवडी जहाज ‘अन्नपुर्ण’ १० दिन देखि ग्राउण्डेड छ । निगमको वाईडबडी ए ३३०–२०० जहाजको ईन्जिनमा समस्या आए पछि कार्तिक १५ गतेनै कतारको दोहामा ग्राउण्डेड भएको थियो ।

सो जहाजको दोहामा सामान्य मर्मत पछि काठमाडौं ल्याएको र काठमाडौं आएको केहीदिनमै पुनः ग्राउण्डेड भएको निगमले जानकारी दिएको छ । निगमका अनुसार सो जहाज ग्राउण्डेड हुँदा दैनिक १ लाख ७२ हजार ८ सय ४५ रुपैयाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) लाई पार्किङ शुल्क बुझाउनु पर्ने हुन्छ ।

निगम श्रोतका अनुसार सो जहाज कार्तिक २३ गते देखि ग्राउण्डेड रहेको छ । हाल मर्मत भईरहेको ‘अन्नपुर्ण’ जहाज बुधबारमात्रै बन्न सक्ने निगमले जानकारी दिएको छ । उक्त जहाजले ग्राउण्डेड भए देखि कार्तिक ५ गते बुधबारसम्मको पार्किङ शुल्क मात्रै २२ लाख ४६ हजार ९ सय ८५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

ल्याएको ४ महिना नपुग्दै जहाजमा समस्या आईपरेको निगमका एक अधिकारीले जानकारी दिएका छन । उनका अनुसार नयाँ जहाजमा तत्कालै त्यस्तो समस्या आउनु नपर्ने हो तर भई दियो त्यस्तै जसले गर्दा दैनिक उडानमा समेत प्रभाव परिरहेको छ ।

हाल अन्तरराष्ट्रिय उडान गर्दे आईरहेको सो विमान ग्राउण्डेड भए पनि कुनै उडान रद्द भने नभएको निगम श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार उडान तालिका केही हेरफेर हुँदा दिल्ली उडानमा भने केही प्रभाव परेको देखिन्छ ।

दैनिक १ करोड रुपैयाँ भन्दा बढी घाटा ब्यहोर्नु पर्ने संस्थाको जहाज ग्राउण्डेड हुँदा थप समस्या झेल्नु परेको निगमका एक उच्च अधिकारीले सुनाए । ति अधिकारीका अनुसार निगम नराम्रो सँग थला परेको छ । साथै यही गतिमा निगम अघि बढ्ने हो भने र सरकारले सहायता नगर्ने हो भने निगम कहिल्यै उठन नसक्ने गरी थला पर्ने उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL