Logo

निगमको नयाँ वाईडबडी कतारको दोहामा ग्राउण्डेड, यात्रुलाई अर्कै जहाजबाट नेपाल ल्याउने तयारी

निगमको नयाँ वाईडबडी कतारको दोहामा ग्राउण्डेड, यात्रुलाई अर्कै जहाजबाट नेपाल ल्याउने तयारी



काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ वाईडबडी ‘अन्नपुर्ण’ जहाजमा समस्या आए पछि कतारको दोहामा ग्राउण्डेड भएको छ । निगमका ए ३००–२०० विमान ‘अन्नपुर्ण’ जहाजमा समस्या आए पछि दोहामा ग्राउण्डेड भएको हो ।

निगमका सहप्रवक्ता शैलेश कंसाकारका अनुसार जहाजको ब्रेक र ईन्डीकेटरमा समस्या आए पछि ग्राउण्डेड भएको हो । निगमका कतार स्थित स्टेशन म्यानेजर दिकपाल सुवेदीले उक्त जहाजको मर्मत भईरहेको जानकारी दिएका छन ।

सो जहाज नेपाली समय अनुसार विहान १० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समय तालिका रहेको थियो । तर उडान भर्नु अगाडीनै जहाजमा समस्या आए पछि उडान स्थगित गर्नु परेको कंसाकारले बताए ।

करिब २ सय ४७ जना यात्रु रहेको उक्त जहाजमा समस्या आए पछि अर्जेन्ट हुनेहरुलाई अर्कै जहाजबाट नेपाल ल्याउने काम भईरहेको र अन्य यात्रुलाई भने निगमकै जहाजमा ल्याउने कंसाकारले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL