Logo

परीक्षण उडान भएका ठाउँमा उडान हुन सकेन, ६ ठाउँमा मात्रै निगमको उडान

परीक्षण उडान भएका ठाउँमा उडान हुन सकेन, ६ ठाउँमा मात्रै निगमको उडान



काठमाडौं । नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेका सबै विमानस्थलमा नियमित उडान गर्न सकेको छैन । निगमले परीक्षण उडान गरे पनि सुर्खेत, रुम्झाटार, लामिडाँडा, खानीडाँडा, मनाङ, मुस्ताङ र बझाङमा अझै नियमित उडान गर्न नसकेको हो ।

निगमले २३ वटा विमानस्थलमा उडान तालिका बनाएर आफ्नो जहाज उडाए पनि दैनिक उडान भने ६ वटा विमानस्थलमामात्रै हुने गरेको छ । निगमले पोखरा, विराटनगर, लुक्ला, भोजपुर, भैरहवा र सिमरामा दैनिक उडान भर्दै आइरहेको छ ।

अन्य विमानस्थलमा भने हप्ताको २ देखि ४ वटा सम्ममात्रै उडान भर्दै आईरहेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । ४ वटा जहाज ग्राउण्डेड भएकाले पनि दैनिक उडान गर्न नसकेको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार ४ वटै जहाजको मर्मत पछि भने दैनिक उडान गर्ने निगमको तालिका रहेको छ । ‘हामीसँग जहाज कम छ कसरी दैनिक उडान गर्न सक्छौं?’ सिग्देलले प्रश्न गरे ।

हाल निगमको दुई ओटा ट्वीनअटर र दुई ओटा वाई १२ र एउटा एम ए ६० गरी ५ वटा जहाजले मात्रै आन्तरिक उडान गर्दै आईरहेको छ । तिहार पछि भने ग्राउण्डेड जहाज वाई १२ ले समेत उडान भर्ने भएको छ ।

वाई १२ जहाजको ब्लेड चीनीयाँ कम्पनीलाई दशैं अगाडीनै पठाउन अर्डर गरेको भए पनि हालसम्म आइनसकेको निगमले जानकारी दिएको छ । उक्त जहाजको ब्लेड आए पछि भने ३ देखि ४ दिन भित्रमा उडाउन तयार हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL