Logo

आजबाट कालोपत्रे हुँदै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, ६ महिनामा सम्पन्न गर्न मन्त्री अधिकारीको निर्देशन

आजबाट कालोपत्रे हुँदै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, ६ महिनामा सम्पन्न गर्न मन्त्री अधिकारीको निर्देशन



काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको रनवे कालोपत्रे गर्ने काम शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी मंगबार विहानै भैरहवा विमानस्थल निरिक्षणमा पुगेका हुन । उनले विमानस्थलको निरिक्षण गर्दै ६ महिना भित्र कालो पत्रेको काम सम्पन्न गर्न समेत निर्देशन दिएका छन ।

विमानस्थलको काम विहान ६ बजेदेखि राति १२ बजेसम्म भइरहेको छ । चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन र स्थानीय ठेकेदारले अहिले २ सय कामदार परिचालन गरेर काम गरिरहेको छ ।

उक्त विमानस्थलको आवागमन र अध्यागमनतर्फको निर्माण कार्य ७० देखि ८० प्रतिशत सकिसकेको विमानस्थलले जानकारी दिएको छ । मन्त्री अधिककारीले अवको ६ महिना भित्रै टर्मिनल, ट्याक्सी वेको सबै काम सकाउन समेत निर्देशन दिएका छन ।
चिनियाँ ठेकेदार र स्थानीय ठेकेदारलाई अवको ६ महिना भित्रै कालोपत्रेको काम सकाउन निर्देशन दिँदै मन्त्री अधिकारीले २०१९ को अगष्ट सम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भइ सञ्चालनमा ल्याउने बताए ।

मन्त्री अधिकारीले २०२० लाई लक्षित गर्दै भैरहवा विमानस्थल संचालनमा ल्याउन लागेको हो । मन्त्री अधिकारीले २०२० मा २० लाख पर्यटक ल्याउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले मात्रै धान्न नसक्ने भएकाले भैरहवा विमानस्थलको काम छिटो सक्ने समेत भनेका छन ।

निजि क्षेत्रलाई संचालनको जिम्मा दिने तयारीमा रहेका मन्त्रालयले उक्त विमानस्थल कस्लाई जिम्मा दिने भन्ने बारे भने टुङ्गो लागि नसकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL