Logo

ग्राउण्डेड जहाजको मर्मत तीब्र बनाउँदै निगम, एनए ६० जहाज तिहार अगाडी नै संचालनमा

ग्राउण्डेड जहाजको मर्मत तीब्र बनाउँदै निगम, एनए ६० जहाज तिहार अगाडी नै संचालनमा



काठमाडौं । नेपाल वायु सेवा निगमको ग्राउण्डेड एनए ६० जहाज तिहार अगाडी नै आउने भएको छ । ३ महिना अगाडी ग्राउण्डेड भएको सो जहाज तिहार अगाडी नै संचालनमा ल्याउने गरी तीब्र रुपमा मर्मत भईरहेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन ।

हाल निगममा ४ वटा जहाज ग्राउण्डेड छ । ४ वटा जहाज मध्ये एनए ६० जहाज भने तिहार अगाडी नै ल्याउने गरी काम भईरहेको सिग्देलले जानकारी दिएका हुन । करिब ४ वर्ष अगाडी देखिनै ग्राउण्डेड भईरहेको ट्वीनअटरलाई भने अझै केही समय लाग्ने निगमले जानकारी दिएको छ ।

निगमका अनुसार उक्त जहाज मर्मत गर्न कहिले मर्मत सामग्री नआईपुग्ने र कहिले मर्मत गर्न ढिलाई भएकाले केही समय लाग्ने देखिन्छ । तर निगममा रहेका अन्य ग्राउण्डेड जहाज भने तिहार पछि संचालनमा आउने निगमले जानकारी दिएको छ ।

निगमका अनुसार अहिले मर्मतमा रहेका जहाजहरु मध्ये ट्वीनअटर १, वाई १२ जहाज २ र एनए ६० जहाज १ रहेको छ । सो मध्य एनए ६० जहाज भने तिहार अगाडीनै संचालनमा ल्याउने निगमले जानकारी दिएको छ ।

निगमले मर्मतको लागि वाई १२ जहाजको ईन्जिन क्यानाडा पठाएको छ भने ४ वर्ष अघि देखि ग्राउण्डेड ट्वीनअटरको ब्लेड भने मर्मतको लागि चिन पठाएको प्रवक्ता सिग्देलले जानकारी दिएका छन ।

वाई १२ जहाजको ईन्जिन तिहार अगाडीनै क्यानाडाबाट नेपाल आईपुग्ने र मर्मत गरेर तिहार लगतै संचालनमा ल्याउने छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL