Logo

एनआरएनएका अध्यक्ष भट्टको दाबी, २०२० मा २ करोड पर्यटक भित्र्याउन सकिन्छ

एनआरएनएका अध्यक्ष भट्टको दाबी, २०२० मा २ करोड पर्यटक भित्र्याउन सकिन्छ



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले २०२० मा २ करोड पर्यटक भित्र्याउन सक्ने जानकारी दिएका छन । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको अवस्थामा एनआरएनएका अध्यक्ष भट्टले भने एक कार्यक्रमको आयोजना गर्दै २ करोड पर्यटक भित्र्याउन सकिने जानकारी दिएका हुन् ।

‘नेपालमा पर्यटक आउने वातवरण बनाउने जिम्मा हाम्रो हो,’ उनले भने, ‘नेपालमा कस्तो पर्यटक भित्र्याउने हो त्यो हामी आफैंमा भर पर्छ तर जस्तो पर्यटक आए पनि गणना गर्नु पर्छ ।’

हामी एनआरएनले विदेशबाट नेपाल घुम्ने पर्यटक पठाउँछौं तर हामी नेपालीले उनीहरुलाई मिठो मुस्कान सहित नमस्ते गरेमात्रै पनि लाखौं पर्यटक भित्रिन सक्छ । त्यसैले हामी आजै बाट विदेशीअनुहार भएकालाई नमस्ते गरौ र २०२० मा रिजल्ट हेरौं कति फरक हुँदो रहेछ भट्टले भने ।

‘हामी बाहिरबाट अतिथिदेबो भव भन्ने ब्याज लगाएर पर्यटकलाई नेपाल पठाउँछौं तपाईहरु उनीहरुलाई मिठो मुस्कान सहित नमस्कार गर्नुहोस,’ उनले भने, ‘२०१७ मा करिब ९ लाख ४० हजार पर्यटक नेपाल भित्रिएको तथ्याङक पर्यटनबोर्डको रहेको छ । तर स्थलमार्गबाट कति पर्यटक भित्रिए भन्ने एकिन छैन ।’

एनआरएनएका प्रथम उपाध्यक्ष सरला राजभण्डारीले रसियामा हरेक वर्ष नेपाल सप्ताह भनेर नेपालको मौलिक संस्कृति परम्परा झल्कने कार्यक्रहरु गर्दै आएको जानकारी समेत दिएकी छिन ।

कार्यक्रममा एनआरएनले गरेका भिडियो प्रतियागिताका ३ जना प्रतियोगिहरुलाई नगद पुरसकार तथा सम्मान पत्रले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL