Logo

दशैं अगाडी निगमको ५ वटा जहाजले उडान भर्दे, टारीगाउँमा सोमबार देखि नियमित उडान

दशैं अगाडी निगमको ५ वटा जहाजले उडान भर्दे, टारीगाउँमा सोमबार देखि नियमित उडान



काठमाडौं । दशैं अगाडी नेपाल वायुसेवा निगमको ५ वटा जहाजले आन्तरिक उडान गर्ने भएको छ । हाल निगमको ४ वटा जहाजले आन्तरिक उडान गर्दै आएको छ । ग्राउण्डेड जहाज ट्वीनअटर ९ एन एकेटीले पनि मंगलबार देखि उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता असोक सिग्देलका अनुसार उक्त जहाज मंगलबार देखि उडानको लागि तयारी अवस्थामा आउने भएको हो । सो जहाज २ महिना देखि मर्मतको लागि ग्राउण्डेड भएको थियो । उक्त ट्वीनअटर सँगै दशैं अगाडी निगमको ५ वटा जहाजले उडान भर्ने भएको हो ।

ग्राउण्डेड भएको जहाज वाई १२ एकेएस, वाई १२ एकेटी, एमए ६० एकेक्यु र ट्वीनअटर एकेएक्स जहाज हाल मर्मत भईरहेको निगमले जानकारी दिएको छ । उक्त जहाज मर्मत सम्पन्न गर्न भने अझै १ देखी २ महिना सम्म लाग्न सक्छ सिग्देलले भने ।

दाङको टारी गाउँमा सोमबार देखि नियमित उडान

निगमको वाई १२ जहाजले सोमबार देखि दाङको टारी गाउँएयरपोर्टमा नियमित उडान गर्ने भएको छ । निगमको जहाजले यही असोज १६ गते उक्त एयरपोर्टमा सफल परीक्षण उडान गरेको थियो ।

निगमले हाल उक्त रुटको हवाईभाडा भने ६ हजार ७० रुपैयाँ कायम गरेको प्रवक्ता सिग्देलले जानकारी दिएका छन ।

उनका अनुसार हप्तामा दुई पटक सोमबार र शुक्रबार उडान भर्ने गरी नियमित उडान गर्न लागेको जानकारी दिएका हुन ।
सो जहाजले काठमाडौं भैरहवा हुँदै दाङको टारी गाउँएयरपोर्ट सम्म उडान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL