Logo

एकाबिहानै कुचो लिएर मन्त्री अधिकारी किन पुगे ठमेल ?

एकाबिहानै कुचो लिएर मन्त्री अधिकारी किन पुगे ठमेल ?



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी शनिबार बिहानै कुच्चो लिएर सडकमा निस्किएका छन ।

नेपालको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको सरसफाईको लागि मन्त्री अधिकारी कुच्चो लिएर सडकमा उत्रिएका हुन । मन्त्री अधिकारीले आफ्नो घर पसल अगाडी मात्र सफा राख्न सके पनि वरिपरिको वातावरण आफैमा सुन्दर र सफा हुने भन्दै ठमेल आसपासमा सरसफाई गरेका हुन ।

ठमेल क्षेत्र पर्यटकको राजधानी भएको भन्दै मन्त्री अधिकारीले यस क्षेत्रमा सबैले आ–आफ्नो क्षेत्रबाट सरसफाईलाई निरन्तरता दिनु पर्ने बताए । उनले ठमेल क्षेत्र फोहोर भएको शन्देस गएको भन्दै यो अभियानलाई निरन्तरता दिनु पर्ने बताएका हुन । साथै त्यस क्षेत्रमा फोहोर राख्ने ठाउँ (डस्टबीन) समेत राख्न ठमेल पर्यटन विकास परीषद स्थानीय र सरोकारवालालाई आग्रह गरेका छन ।

पर्यटकको राजधानी ठमेल क्षेत्रको हिलो, धुलो र खाल्टाखुल्टी सडक मध्य अहिले ८५ प्रतिशत कालोपत्रे सम्पन्न भएको मन्त्री अधिकारीले बताएका छन । साथै बाँकी १५ प्रतिशत सडक पनि छिट्टै कालोपत्रे हुने मन्त्री अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL