Logo

आन्तरिक उडानमा निगम ‘एग्रेसिभ’, शनिबार एकैदिन लुक्लामा चार फ्लाइट

आन्तरिक उडानमा निगम ‘एग्रेसिभ’, शनिबार एकैदिन लुक्लामा चार फ्लाइट



काठमाडौं । नेपाल वायु सेवा निगमको जहाज वाई १२ र एक ट्वीनअटरले शनिबार बिहानै लुक्लामा ४ वटा उडान गरेको छ ।

नियमित उडान गर्ने गरी ४ वटा उडान गरेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । सुरुवाती समयमा ४ वटा मात्रै भए पनि उडाउने र विस्तारै उडान थप्दै जाने खरेलले बताए ।

राष्ट्रिय ध्वजाबाहक जहाजले देश भरिनै उडान गर्ने लक्ष्य राख्दै लुक्लाको लागि ४ वटा उडान गरेका छौं उनले भने । विगतमा दैनिक १८ वटा सम्म उडान भर्दै आएको निगमले साना जहाजहरु ग्राउण्डेड भए पछि निरन्तरता दिन सकेको थिएन ।

तर अव भने ग्राउण्डेड भएका जहाजहरुलाई सके सम्म छिट्टो तयार गरी बजारमा पठाउने र भई रहेको गन्तब्यमा नियमित उडान गर्ने निगमले जानकारी दिएको छ । निगमको लक्ष्य देश भरिनै जहाज उडाउनु हो ।

भईरहेको विमानले सम्भब भए जतिमा उडाउने र आवश्यक परे थप जहाज समेत खरिद गरी उडाउने छौं उनले भने । ग्राउण्डेड भएका एक जहाज भने एक दुई दिन भित्रै तयार हुने र अर्को जहाज तयारी अवस्थामा ल्याउन भने अझै एक महिना लाग्ने समेत खरेलले जानकारी दिए ।

हाल पोखरा, नेपालगञ्ज, ताप्लेजुङ, फाप्लु लगाएत १८ जिल्लामा निगमले उडान भर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्