काठमाडौं । दुई महिना देखी ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमको ९एन बीटी ट्वीनअटरले बिहीबार देखी उडान शुरु गरेको छ ।
निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार उक्त ट्वीनअटरले बिहीबार देखी भोजपुरमा उडान गरेको हो । निगमका ३ वटा ट्वीनअटर मध्ये कलसाईन ९ एन एबीएक्स करिब ४ वर्ष अघि देखीनै ग्राउण्डेड छ ।
सो ट्वीनअटर भने मर्मत भईरहेको र उडान भर्न अझै केही समय लाग्ने सिग्देलले बताए । तर निगमका अर्का ट्वीनअटर ९एन एबीयुले भने आगामी ३ दिन भित्रमा उडान भर्ने उनले जानकारी दिए ।
निगमको सो ट्वीनअटरले दुर्गमका स्थानहरुमा सेवा दिँदै आईरहेको थियो । अहिले मर्मत सकेर उडान गरेको सो ट्वीनअटरले दुर्गमका पुरानै गन्तब्यमा उडाउने निगमका प्रवक्ता सिग्देलले जानकारी दिएका छन ।
ताप्लेजुङ, भोजपुर, फाप्लु, मुसीकोट, रुकुम जूम्ला लगायत १८ जिल्लामा सेवा दिँदै आएको सो ट्वीनअटरले मर्मत पछि पुनः सोही स्थानहरुमा सेवा दिने निगमले जानकारी दिएको छ ।