काठमाडौं । यति एयरलाइन्सको ७२ सिटे जहाजले काठमाडौं पोखरा ब्यवसायीक उडान शूरु गरेको छ ।
एटिआर ७२–५०० जहाजले बुधबार देखी काठमाडौं पोखरा उडान शुरु गरेको यति एयरका प्रवक्ता भिमराज राईले जानकारी दिएका छन ।
हाल एटिआर जहाजले बिहान साढे ७ र ९ बजे उडान गर्ने भएको छ ।
बुधबारदेखि दैनिक २ उडान हुने सो जहाजले ६० जना मात्र यात्रु बोक्ने यति एयरलाईन्सले जानकारी दिएका छन ।
उनका अनुसार पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने भएको हो । साथै एयरले यात्रुको माग अनुसार जहाज थप्दै लैजाने समेत जानकारी दिएका छन ।
दैनिक १० वटा उडान गर्दै आएको सो एयरले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट समेत उडान गर्ने भएको छ ।