Logo

कंसाकारले भने, तत्काल अर्को एयरबस खरिद गर्न सकिदैन, नेपाल भ्रमणबर्ष २०२० अघि अर्को जहाज नआउने

कंसाकारले भने, तत्काल अर्को एयरबस खरिद गर्न सकिदैन, नेपाल भ्रमणबर्ष २०२० अघि अर्को जहाज नआउने



काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले तत्काल नयाँ जहाज ल्याउन नसकिने जानकारी दिएका छन । सरकारले निगमका कार्यकारी अध्यक्ष नियुक्त गरेसँगै सल्लाहकारको भुमिका निर्वाह गर्ने उद्घोष गरेको कंसाकारले आफ्नो ट्टवीटरमार्फत यस्तो जानकारी दिएका छन् ।

यस अघि तत्कालै नयाँ जहाज ल्याउने तयारी गरेका कंसाकारले एयरबस कम्पनीले ए३२० जहाज सन् २०२३ मामात्र डेलिभरी दिन सकिने जानकारी दिए पछि तत्काल ल्याउन नसकिने बताएका हुन ।

वाईडबडी खरिदमा अनिमियतता भएको भन्दै चौतर्फी विरोध भए पछि कंसाकारले नयाँ आउने जहाज पनि प्रतिस्पर्धा गराएर विचौलिया मार्फत नै खरिद गर्ने वा नगर्ने विषयमा निगम द्धविधामा परेको जानकारी दिएका हुन ।

नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै निगमले नयाँ जहाज खरिदको लागि फ्रान्सको एयरबस कम्पनीमार्फत जहाज ल्याउने तयारी गरेको थियो । तर, कम्पनीले तत्काल जहाज उपलब्ध गराउन नसकेको निगमले जानकारी दिएको छ । २०२० लाई मध्यनजर गर्दै निगमले जहाज थप्दै लाने र ब्यापारिक योजना समेत बनिसकेकाले जहाज खरिद प्रकृयामा लागेको कंसाकारले बताए ।

तर, काठमाडौं आएका एयरबसका एक उच्च अधिकारीले भ्रमण वर्ष २०२० अगाडी जहाज उपलब्ध गराउन नसकिने जानकारी दिए पछि निगम दुविधामा परेको कंसाकारले आफ्नो ट्वीटर मार्फत जानकारी दिएका हुन ।

ती अधिकारीका अनुसार नेपाललाई भ्रमण वर्ष अघिनै जहाज चाहिने हो भने अन्य कुनै कम्पनीबाट खरिद गर्न समेत सुझाव दिएको स्रोतले जानकारी दिएको छ । सो कम्पनीले आफुसँगै जहान किन्नुपर्ने भए निगमले ५ वर्ष पर्खनु पर्ने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्