Logo

पर्यटन श्रमिकमाथी अन्याय भएको भन्दै पर्यटन मजदुर संघले गरे आन्दोलनको घोषणा, वार्ता गर्न आग्रह

पर्यटन श्रमिकमाथी अन्याय भएको भन्दै पर्यटन मजदुर संघले गरे आन्दोलनको घोषणा, वार्ता गर्न आग्रह



काठमाडौं । पर्यटन श्रमिकहरुमाथि अन्याय भएको भन्दै पर्यटन मजदुर संगठन युनिट्राभ र पर्यटन श्रमिक संघले आन्दोलनको घोषणा गरेका छन ।

२ संघले पर्यटन क्षेत्रअन्तरगत अन्नपुर्ण तथा मनास्लु क्षेत्रमा होटल व्यबसायीहरुले विभिन्न स्थानीय क्लव तथा सरकारसमेतको मिलेमतोमा सिन्डिकेट लागु गर्दै श्रमिकमाथि अन्याय गरिहरको भन्दै उक्त आन्दोलनको घोषणा गरेका हुन ।

संघले आफ्नो आन्दोलन अन्तरगत असोज ११ गते सरोकारवालालाई यस विषयमा ध्यानाकर्षण गर्नका लागि प्रेश विज्ञप्ति जारी गर्ने, १५ गतेबाट ट्रेकिङ रुटमा नजाने, १७ गते टान लगायतका संघसंस्थाहरुमा तालाबन्दी गर्ने, २२ गते एक्याप, पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन कार्यलय पोखरा लगायतका सरोकारवाल कार्यलयहरुमा ताला लगाउने घोषणा समेत गरेका छन ।

नेपालमा पर्यटक बढीभन्दा बढी भित्र्याउनमा पर्यटन श्रमिकको पनि उत्तिकै ठुलो भुमिका रहेको बताउँदै आफुहरु माथि अन्याय भएको संघको भनाई रहेको छ ।

संघले पर्यटन मजदुरहरुसंग भएको अन्यायलाई मुखदर्शक भएर हेर्न नसकिने बताउँदै आन्दोलन गर्न लागिएको जानकारी दिएको छ ।

केही होटल संचालकले केही ब्यक्ति राखेर अन्नपूर्ण र मनाश्लु पदमार्गमा श्रमिकले खाना खाएपनि वा नखाएपनि २ सय रुपैंया लिएर श्रमिक माथि ठगी गर्ने र सिन्डिकेट लगाउने गरेको संघको आरोप छ ।

उक्त समस्याका लागि व्यबसायी र सरारकारवालालाई यथासिघ्र वार्ता गर्न संघले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्