Logo

१० वर्षभित्र नेपाललाई विश्वकै लोकप्रिय पर्यटकीय गन्तब्य बनाईने, २०२० भित्रै विमानस्थल २४ सैं घण्टा संचालन

१० वर्षभित्र नेपाललाई विश्वकै लोकप्रिय पर्यटकीय गन्तब्य बनाईने, २०२० भित्रै विमानस्थल २४ सैं घण्टा संचालन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमुना पर्यटकीय गन्तब्य बनाउने उद्घोष गरेका छन ।

नेपाल पर्वतारोहण संघको २८ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले १० वर्ष भित्रमा नेपाललाई विश्वकै पर्यटकीय क्षेत्रको लोक प्रिय गन्तब्यको रुपमा विकास गर्ने बताएका हुन ।

१० वर्षको अवधिमा नेपालले भौतिकपूर्वधारमा उल्लेख्य विकास गर्ने र पर्यटकलाई नेपाल भित्र्याउन सहज वातवरण हुने उनको भनाई थियो । ‘विश्वको शिर सगरमाथा मात्र नभएर अधिकांस अग्ला हिमालहरु नेपालमै भएको तथा नेपाल हिमालहरुको देश भएकाले विदेशी पर्यटक भित्र्याउने नयाँ गेम पनि नेपालले नै उत्पादन गर्नुपर्दछ,’ उनले भने ।

उनले नेपालको पर्यटक क्षेत्र हिमाल मात्र नभएर पूर्व मेची देखी पश्चिम महाकाली सम्म फैलिएकाले नेपालको पर्यटन क्षेत्र १२ महिनानै खूल्ला रहेको बताएका छन । ‘अहिले जुन÷जुलाईमा मात्रै ४० प्रतिशत भन्दा बढी पर्यटक भित्रने गरेको छ,’ उनले भने, ‘नेपालमा पर्यटकको लागि कुनै सिजन वा अफसिजन भन्ने छैन सधैभरी खुला छ ।’

मन्त्री अधिकारीले टुरिजम एण्ड दि डिजिटल ट्रान्सफर्मेशनको नारा लिएर विश्व पर्यटन वर्ष मनाउँदै गर्दा संजाल मार्फत उच्च गुणस्तरीय सामग्री प्रस्तुत गर्न समेत आग्रह गरेका छन ।

२०२० मा २० लाख पर्यटक भित्र्याउन ठूलो रकम खर्चेर मार्केटिङ गर्नेभन्दा हामीले संजालमा पोस्ट गरेको सामग्रीले बढी प्रचार प्रसार हुने भन्दै मन्त्री अधिकारीले गुणस्तरीय सामाग्री पोस्ट गर्न समेत सबैलाई आग्रह गरेका छन ।

मन्त्री अधिकारीले २७ वर्ष अघिदेखी बिग्रीएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको रिह्यावको लागि काम भईरहेको समेत जानकारी दिएका छन । उनले २०२० भन्दा अगाडीनै रिह्यावको काम सकाएर उक्त विमानस्थललाई २४ घण्टा नै संचालनमा ल्याउने समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL