Logo

बैंकक बन्यो विदेशी पर्यटक भित्र्याउने सबैभन्दा ठुलो गन्तव्य, यी हुन बढी पर्यटक भित्र्याउने १० ठूला शहर

बैंकक बन्यो विदेशी पर्यटक भित्र्याउने सबैभन्दा ठुलो गन्तव्य, यी हुन बढी पर्यटक भित्र्याउने १० ठूला शहर



काठमाडौं । बैंकक विश्वको सबैभन्दा ठुलो अन्तरराष्ट्रिय गन्तव्य बनेको छ । थाईल्यान्डको राजधानी बैंककले सन् २०१७ मा २ करोड ५० लाख विदेशी पर्यटक भित्र्याउँदै विश्वको पहिलो बन्न सफल भएको हो ।

बैंककले सन २०१८ मा पर्यटक संख्यामा ९ प्रतिशतले बढाउने अनुमान गरेको मास्टरकार्ड ग्लोवल डेस्टिनेशन सिटिज ईन्डेक्सले जानकारी दिएको छ ।

उक्त ईन्डेक्सले विश्वका ठुला १ सय ६२ शहरहरुको अध्ययन गर्दै विदा तथा घुमघाममा धेरै खर्च गराउने शहरहरुको पनि सुची तयार पारेको छ । त्यस्तै दक्षिण पूर्वी एशिया भने विदेशी पर्यटक भित्र्याउने मामलामा लण्डनभन्दा पछि देखिएको छ ।

लण्डनमा सन २०१७ मा १ करोड ९८ लाख अन्तरराष्ट्रिय पर्यटक भित्रिएका थिए भने पेरिसमा १ करोड ७४ लाख पर्यटक भित्रिएका हुन । त्यस्तै संयुक्त अरब इमिरेट्स (दुवई)ले विश्वको सबैभन्दा धेरै पर्यटक भित्र्याउने शहरमध्ये चौथोमा पर्दै १ करोड ५७ लाख पर्यटक भित्र्याएको हो ।

सिङगापुरले सो अवधिमा १ करोड ३९ लाख पाहुनाको स्वागत गरेको थियो । यस्तै उत्तर अमेरिकाको न्युयोर्क भने धेरै पाहुना भित्र्याउने सुचीका उच्च १० भित्र पर्न सफल भयो । न्युयोर्क सन २०१७ को अन्तिमसम्ममा १ करोड ३९ लाख अन्तरराष्ट्रिय पर्यटक भित्र्याउँदै छैठौं स्थानमा पर्न सफल भएको हो ।

‘लण्डन, बैंकक र अन्य टप १० मा परेका गन्तव्यहरुका फरक धेरै भएपनि साझा कुरा भनेको उनहिरुले पर्यटकको कल्पनालाई र डलर कसरी आफ्नो हातमा पार्न सकिन्छ भनि काम गरेको देखिन्छ,’ मास्टरकार्ड ग्लोवल डेस्टिनेशन सिटिज ईन्डेक्सका अध्यक्ष गामिनो जुनियरले आफ्नो ईमेलमा भनेका छन,’ ‘विना शंका पर्यटकहरु उक्त शहरको आर्थिक अवस्थाको परिपुरक बन्दछन । यस्तै उनीहरु होटल, रेस्टुराँ, ट्याक्सी, विभिन्न लत्ताकपडा आदिमा भरपुर खर्च गर्दछन ।’
दुवई भने रातमा धेरै खर्च गर्ने पर्यटकको गन्तव्यमा पहिलो स्थानमा परेको छ । दुवईमा सन २०१७ मा रातको समयमा खर्च गर्ने पर्यटकले मात्रै लगभग २ अर्ब ९७ करोड डलर खर्च गरेको तथ्यांकले देखाएको छ । यसलाई दिनमा परिणत गर्दा प्रतिदिन ५ सय ३७ डलर प्रतिदिन हुन आउँछ ।

रातको समयमा धेरै खर्च गराउने शहरहरुमध्ये मक्काले बर्षभरी १ अर्ब ४८ करोड खर्च गराउँदै १ सय ५३ डलर प्रतिदिन कमाउने गरेको पाईएको छ । साथै अन्य देशहरुमा लण्डन १ अर्ब ७४ करोड, प्रतिदिन १ सय ५३ डलर, सिङगापुर १ अर्ब ७ करोड, प्रतिदिन २ सय ८६ डलर, बैंकक १ अर्ब ६३ करोड, प्रतिदिन १ सय ७३ डलर खर्च गराएको पाईएको छ । साथै ईस्तानवुल भने रातको समयमा खर्च गराउने शहरमध्ये टप १० मा परेपनि उक्त शहरले प्रतिदिन १ सय ८ डलर मात्रै खर्च गराइएको पाईएको छ ।

२०१७ मा धेरै आगन्तुक भित्र्याउने १० ओटा विश्वका ठुला शहरहरु

१) बैंकक, थाईल्यान्ड २ करोड ५ लाख

२) लण्डन, बेलायत १ करोड ९८ लाख

३) पेरिश, फ्रान्स १ करोड ७४ लाख

४) दुवई, संयुक्त अरव ईमिरेट्स १ करोड ५७ लाख

५) सिङ्गापुर १ करोड ३९ लाख

६) न्युयोर्क, संयुक्त राज्य अमेरिका १ करोड ३१ लाख

७) क्वालालम्पुर, मलेसिया १ करोड २५ लाख

८) टोक्यो, जापान १ करोड १९ लाख

९) ईस्तानवुल, टर्की १ करोड ७ लाख

१०) सियोल, दक्षिण कोरिया ९५ लाख

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL