Logo

निगमको २ वटै ग्राउण्डेड जहाजले आईतबारदेखि उडान भर्ने, मकालु एयरबस आज बेलुकाबाटै तयारी अवस्थामा

निगमको २ वटै ग्राउण्डेड जहाजले आईतबारदेखि उडान भर्ने, मकालु एयरबस आज बेलुकाबाटै तयारी अवस्थामा



काठमाडौं । नेपाल वायुसेवा निगमको ग्राउण्डेड भएको जहाजले भोलीसम्ममा उडान गर्ने भएको छ । हाल ग्राउण्डेड भएको विमानको मर्मतकार्य भईरहेको र भोली देखी दुईवटै जहाजले सेवा दिने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका छन ।

निगमको अन्तरराष्ट्रिय उडान गरी रहेको एयरबस ए ३३०–२०० सिरिजको ९एन एएलजेड कलसाइनको मकालु वाइडबडी बिहीबारबाट ग्राउण्डेड भएको थियो । त्यस्तै निगमकै अर्को न्यारोबडी ए३२०–२०० सिरिजको ९एन एकेडब्लू नामक न्यारोबडी जहाज पनि भदौ २१ गते बिहीबार चरासँग ठोक्किएर ग्राउन्डेड भएको थियो ।

उनका अनुसार मकालु एयरबस गत बिहीबार दिल्ली विमानस्थलमा कार्गो लोड गर्दा सामान्य क्षती भएपछि मर्मतका लागि ग्राउण्डेड गरिएको हो । ‘मकालु जहाज आजै मर्मत भई उडानको लागि तयार हुने छ,’ उनले भने, ‘अर्को न्यारोबडी विमान पनि भोलीसम्ममा मर्मत कार्य सकायर उडानको लागि तयार गरिनेछ ।’

न्यारोबडी विमान मर्मतको लागि निगमले विदेशबाट विज्ञटोली झिकाएको थियो । तर, मकालु जहाज भने नेपाली टोलीले नै मर्मत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्