Logo

निगम बोर्ड सदस्यमा खरेल नियुक्त, पर्यटन मन्त्रालयका सचिव हटाइए

निगम बोर्ड सदस्यमा खरेल नियुक्त, पर्यटन मन्त्रालयका सचिव हटाइए



काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको बोर्ड सदस्यमा मदन खरेललाई नियुक्त गरेको छ । शुक्रबार राति बसेको मन्त्रीपरिषदको बैठकले खरेललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।

मन्त्री अधिकारीका अनुसार बोर्डको अध्यक्षता गरिरहेका मन्त्रालयका सचिव कृष्ण देवकोटाको ठाउँमा उनलाई सदस्य नियुक्त गरिएको हो । अब बोर्ड सदस्यमध्येबाटै अध्यक्षको चयन हुनेछ । खरेल यसअघि निगमकै महाप्रबन्धक भईसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL