Logo

पर्यटन मन्त्री अधिकारी भन्छन्, ‘जबसम्म ढलेका सम्पदा निर्माण गर्न सकिदैन तबसम्म देश बन्दैन’

पर्यटन मन्त्री अधिकारी भन्छन्, ‘जबसम्म ढलेका सम्पदा निर्माण गर्न सकिदैन तबसम्म देश बन्दैन’



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भुकम्पबाट भग्नावशेष भएका सम्पदा पुनर्निर्माण नभएसम्म दशेले गति नलिने बताएका छन् ।

शुक्रबार बसन्तपुर दरबार हनुमान ढोकासँगै रहेको बालगोपाल मन्दिरको साँचो पुजारी प्रकाश झालाई हस्तान्तरण गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन ।

मन्त्री अधिकारीले साँचो हस्तान्तरण गर्दै ‘सांस्कृतिक सम्पदा ढले देश ढल्छ’ देश ढले माथी उठन नसकिने बताउँदै पुराना सम्पदाको पुनर्निर्माणमा मन्त्रालयको आवश्यक सहयोग रहने समेत बताएका छन ।

२०२० मा २० लाख पर्यटक ल्याउन पनि पुराना सम्पदाको पुनर्निर्माण आवश्यक रहेकाले पुनर्निर्माणमा मन्त्रालय लागेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई समेत काम तीब्र बनाउन निर्देशन समेत दिएका छन । कार्यक्रममा मन्त्री अधिकारीले बालगोपाल मन्दिर निर्धारित समयमा नै सम्पन्न भएकोमा खुसी समेत ब्यक्त गरेका छन ।

त्यस्तै प्रदेश सभा सदस्य तथा काष्ठमण्डप निर्माणका अध्यक्ष राजेश शाक्यले सम्पदा पुनर्निर्माणको ठेक्का दिँदा अनुभवीलाई दिनु पर्ने बताएका छन ।

शाक्यले आगामी ३ वर्ष भित्रमा काष्ठमण्डपलाई पुनर्निर्माण सम्पन्न गर्ने बताउँदै यही मंसिरबाट उक्त मन्दिरको पुनःनिर्माण गरिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL