Logo

चीनको दुई सहरमा नेपाली जहाजले उडान भर्ने, पहिलो उडान लशानबाट गौतमबुद्ध विमानस्थलमा

चीनको दुई सहरमा नेपाली जहाजले उडान भर्ने, पहिलो उडान लशानबाट गौतमबुद्ध विमानस्थलमा



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अबको १ बर्षभित्रमा नेपाली जहाजले चीनमा उडान भर्ने भएको छ । ‘अबको १० महिना भित्रमा चीनको लशान सहरमा अन्तरराष्ट्रिय उडान गर्नेछौं,’ उनले भने ।

अहिले चिनियाँ जहाजले नेपालमा उडान भर्ने तथा नेपाली जहाज चाहिँ चीन नगएकाले अबको १० महिना भित्र चीनको लशान सहरमा नेपाली जहाज पुर्याउने गरी तयारी गरिएको उनले जानकारी दिए । चीनको सिचुआन अन्तरराष्ट्रिय पर्यटन मेलामा सहभागी भएर नेपाल फर्केसँगै उनले सो कुरा बताएका हुन् ।

अहिले उक्त एयरपोर्ट निर्माणको अन्तिम चरणमा रहेकाले निर्माण सम्पन्न भएसँगै पहिलो उडान लशान देखी लुम्बिनीमा गर्ने तयारी भईरहेको बताएका हुन । त्यस्तै मन्त्री अधिकारीले लसान सहरसँगै चीनको छिन्दु सहरमा पनि १ वर्ष भित्रै उडान गर्ने तयारी भई रहेको समेत जानकारी दिएका छन ।

मेलामा नेपाल र चीनको सिचुआन सहरबीच राम्रो सम्बन्ध भएको भन्दै भगवान बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र माटोलाई लशान बुद्ध सङग्राहलयलाई हस्तान्तरण गरेका थिए ।

‘बौद्ध धर्मद्वारा पर्यटन प्रर्वद्धन’ गर्न लशान तथा लुम्बिनी, तानसेन र रामग्राम नगरपालिकाबीच सम्झौतामा हस्ताक्षर समेत गरेका छन । मन्त्री अधिकारीले भ्रमणको अवसरमा सुचिआन प्रान्तका गर्भनर, लशान नगरपालिकाका मेयर र दादो जेन टेम्पल र लशान बुद्ध टेम्पलका प्रमुखहरुसँगको बैठकले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्