Logo

निगमको नयाँ वाईडबडी रियाद जाँदै, रियाद पछि जापान र कोरिया उडानको तयारी

निगमको नयाँ वाईडबडी रियाद जाँदै, रियाद पछि जापान र कोरिया उडानको तयारी



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको नयाँ वाईडबडीले एक महिना भित्र साउदी अरबको रियादमा उडान गर्ने भएको छ ।

रियाद उडानको लागि सबै प्रकृया पुरा भईसकेको र अबको एक महिना भित्रै वाईडबडीले रियाद उडान गर्ने निगमका सह प्रवक्ता शैलेश कंसाकारले जानकारी दिएका छन ।

दक्षिण कोरिया र जापानको टोकियोमा पनि उडानको लागि डकुमेन्ट पठाई सकेको कंसाकारले बताएका छन । निगमले अक्टुबरमै कोरिया, जापान र रियादमा उडान गर्ने लक्ष राखेको भए पनि ईयुको ब्ल्याक लिस्टका कारण समयमै उडाउन सकेको छैन ।

हालै जापानबाट भने ईमेल आईसकेको र जापानको उडान भने हुन सक्ने संकेत रहेको उनले जानकारी दिएका हुन । समयमै काम भयो भने जापानमा पनि २ महिना भित्र उडान हुने उनको भनाई थियो ।

निगमको २७४ सिट क्षमताको उक्त वाइडबडीमार्फत जापान र दक्षिण कोरिया उडान गर्ने निगमको व्यावसायिक योजना भए पनि निगमले हाल पुरानै गन्तब्यमा उडान गरिरहेको छ ।

जापानमा हालै भएको हवाई सम्झौता पुनरावलोकन पछि निगमलाई त्यहाँ उडान गर्न पनि बाटो खुला भएको र रियाद पछि टोकियोमा उडान सुरु गरिने उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्