Logo

अल्टिच्युडको हेलिकप्टर दुर्घटना छानविन समिति गठन, तत्काल प्रतिवेदन बुझाउन निर्देशन

अल्टिच्युडको हेलिकप्टर दुर्घटना छानविन समिति गठन, तत्काल प्रतिवेदन बुझाउन निर्देशन



काठमाडौं । शनिबार भएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाको सरकारले छानविन आयोग गठन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिब बुद्धिसागर लामिछानेको अध्यक्षतामा आईतबार ३ सदस्यीय समिति गठन गरेको हो ।

समिति सदस्यहरुमा बरिष्ठ क्याप्टेन सिदार्थ जङ्ग गुरुङ (सिम्रिक एयर) र बरिष्ठ इन्जिनीयर मेघेन्द्र कुमार श्रेष्ठ (समिट एयर) रहेका छन । सदस्य सचिब भने आयोगले नै तोक्ने मन्त्रालयले जानकारी दिएको छ । शनिबार भएको उक्त हेलिकप्टर दुर्घटनामा क्याप्टेन निश्चल केसी सहित ५ जना यात्रुको मृत्यु भएको थियो ।

मन्त्रालयले आईकाको अनुसुचि १३ को दुर्घटना अनुसन्धानमा रहेको ब्यवस्था तथा गैर सैनिक हवाई उडान नियमावली २०७१ को नियम १० बमोजिम उक्त दुर्घटनाको छानविन गरी सुरक्षा सिफारिस सहितको प्रतिवेदन तत्काल बुझाउन दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्