Logo

४ बर्ष अघि ग्राउन्डेड भएको निगमको जहाज मर्मतमा जुटे विदेशी इन्जिनीयर, संचालनमा आउन ४ महिना लाग्ने

४ बर्ष अघि ग्राउन्डेड भएको निगमको जहाज मर्मतमा जुटे विदेशी इन्जिनीयर, संचालनमा आउन ४ महिना लाग्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले ४ वर्ष देखि ग्राउन्डेड भएको ट्वीनअटर विमान पुनः मर्मत गर्ने भएको छ ।

४ वर्ष अघि ग्राउन्डेड भएको कलसाइन ९ एन–एबीएक्स कलसाइनको विमान मर्मत गर्न विदेशी इन्जिनीयर झिकाएको निमगका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका छन ।

निगमसँग ३ वटा ट्वीनअटर रहेकोमा कलसाइन ९ एन–एबीएक्स कलसाइनको विमान विगत ४ वर्ष देखी ग्राउन्डेड भएको थियो । ४ बर्षदेखि ग्राउण्डेड ट्वीनअटरको २ वटै इन्जिन र ल्याण्डिङ गियर फेर्नुपर्ने कंसाकारले जानकारी दिए ।

निगमको अन्य २ वटा ट्वीनअटर विमान पनि एक महिनादेखी ग्राउन्डेड भएका छन । ग्राउन्डेड भएका विमानहरुको एकै पटक मर्मतका लागि विदेशी इन्जिीनियर ल्याइएको समेत कंसाकारले जानकारी दिएका छन । कलसाइन ९एन–एबियु र ९एन–एबिटी भएका २ विमान भने एक महिना देखि ग्राउन्डेड भएका हुन ।

३ वटा विमानको मर्मत गर्न कम्तिमा पनि ३÷४ महिना लाग्न सक्ने उनको भनाई थियो । ‘लामो समयसम्म विमान ग्राउन्डेड हुँदा निगमलाई घाटा त लाग्छ नै तर घाटा भन्दा पनि नियमित उडान भईरहेको ठाउँको जनता भने मारमा परेका छन्,’ निमगका एक कर्मचारीले भने ।

हामीलाई केही थाहानै दिँदैनन् ति कर्मचारीले भने हुँदैछ भन्छन तर कहिल्यै हुँदैनन ३÷३ वटा विमान ग्राउन्डेड भएर बस्दा निगमलाई करोडौंको घाटा हुन्छ हाम्रो कुरा कस्ले सुन्छ र ? ति कर्मचारीले भने ।

केही समय अगाडी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले निगमसँग भएका सबै विमान संचालनमा ल्याउन कंसाकारलाई निर्देशन दिएका थिए । तर मन्त्रीले निर्देशन दिएको केही दिनमै निगमको अन्य २ वटा ट्वीनअटर विभान समेत ग्राउन्डेड भएको थियो ।

फाप्लु, लुक्ला सोलु, भोजपुर, मुसिकोट रुकुम, चौरजहारी, जुम्ला लगायत १८ जिल्लामा उक्त ट्वीनअटरले सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्