काठमाडौ । शनिबार अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनामा परेका ६ जनाको शव काठमाडौ ल्याईएको छ ।
उनिहरुको शव ४ वटा हेलिकप्टर मार्फत काठमाडौं ल्याएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महा–प्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।
६ जनाको शवलाई अहिले टिचिङ अस्पताल महाराजगञ्मा पोष्टमार्टमको लागि राखिएको महा–प्रवन्धक क्षेत्रीले जानकारी दिएका छन । पोष्टमार्टम पछि अल्टिच्युट एयरले उनिहरुको आफन्तलाई शव जिम्मा लगाउने तयारी भईरहेको समेत क्षेत्रीले बताए ।
अहिले सम्म दुर्घटनाको कारण खुल्न नसके पनि खराब मौसमका कारण हेलिकप्टर दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान रहेको विज्ञहरुको भनाई रहेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजै एक कमिटि बनाई अनुसन्धान थालिने नागरिक उड्डयन प्राधिकरणका महा निर्देशक संजिब गौतमले जानकारी दिएका छन ।
दुर्घटनामा मृत्यु हुनेहरुमा जापानी नागरिक हिरोमी कोमत्सु, रामेछापका ४० वर्षिय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोरखा सामागाउँ चुमनुव्री साम्दो १ का छोवाङ नुर्वु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट निश्चल केसी रहेको थियो ।