Logo

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेन सहित ५ जनाको मृत्यु, एक जनालाई सकुशल उद्दार

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेन सहित ५ जनाको मृत्यु, एक जनालाई सकुशल उद्दार



काठमाडौं । अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्युहुनेहरुमा जापानी नागरिक हिरोमी कोमत्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोरखा सामागाउँ चुमनुव्री साम्दो १ का छोवाङ नुर्वु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट निश्चल केसी रहेको अल्टिच्युड एयरका संचालक सिताराम साप्कोटाले जानकारी दिएका छन ।

सो हेलिकप्टर शनिबार विहान दुर्घटना भएको थियो । दुर्घटनामा ७ जना यात्रु सवार मध्ये ल्होआनी डोल्मा डिकीको भने जिवितै उद्दार भएको साप्कोटाले जानकारी दिएका छन ।

गोरखाको सामागाउँमा पर्यटक छाडेर काठमाडौं फर्कने क्रममा धादिङ र नुवाकोटको सीमा क्षेत्र सत्यवती गाँउपालिकाको मेघान नामक जंगलमा सो हेलिकप्टर दुर्घटना हुन पुगेको थियो ।

संचालक सिताराम साप्कोटाका अनुसार दुर्घटना भएको ठाउँ वरिपरि खराब मौसम, बाक्लो जङ्गल र भिरालो जग्गा भएका कारण उद्दारमा ढिलाई भएको बताएको छ ।

उक्त हेलिकप्टर करिब ५ हजार ५ सय फिट उचाइबाट दुर्घटना भएको बताएको छ । गोरखाको सामागाउँबाट काठमाडौं उडेको सो हेलिकप्टर पछिल्लो समय बिहान ८ बजेर ५ मिनेटमा काठमाडौं विमानस्थल सँग सम्पर्क भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL