Logo

सम्पर्क विहिन अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्थ, दुर्घटनाबाट एकजना बाँच्न सफल

सम्पर्क विहिन अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्थ, दुर्घटनाबाट एकजना बाँच्न सफल



काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

उक्त हेलिकप्टर गोरखाबाट करिब बिहान ७ बजेर ४५ मिनेटमा उडेको थियो । नाइनएन–अल्फा लिमासेरा कलसाइन नामको उक्त हेलिकप्टर नुवाकोट र धादिङ्गको सिमास्थल म्यागाङको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल महाप्रवन्धक राजकुमार क्षेत्रीले बताएका छन ।

क्षेत्रीका अनुसार दुर्घटना भएको ठाउँ सम्म पुग्न समय लाग्ने भएकाले अहिलेनै के कति क्षति भए भन्ने भन्न नसकिने बताए । दुर्घटनामा परेको एकजना सँग भने कुरा भएको र अन्यको जानकारी नभएको समेत क्षेत्रीले बताएका छन ।

उक्त हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमत्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोरखा चुमनुव्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोरखा सामागाउँ चुमनुव्री साम्दो १ का छोवाङ नुर्वु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट निश्चल केसी रहेको क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL