काठमाडौं । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर आज बिहान देखी सम्पर्क बिहीन भएको छ ।
गोरखाबाट करिब बिहान ७ बजेर ४५ मिनेटमा उडेको अल्फा लिमासेरा नामको उक्त हेलिकप्टर उडेको केही बेरमानै सम्पर्क बिहीन भएको अल्टिच्युड एयरको प्रवक्ता सिताराम साप्कोटाले जानकारी दिएका छन ।
सो हेलिकप्टरमा क्यापटेन सहित ६ जनाको सवार रहेको थियो । ६ जना यात्रु रहेको सो हेलिकप्टरलाई क्याप्टेन निश्चल केसीले उडाएको साप्कोटाले बताए ।
सो हेलिकप्टर बिहान ८ बजेर १८ मिनेटमा काठमाडौ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याण्ड हुनु पर्ने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताएका छन । तर सो हेलिकप्टर उडेको केहीबेरमै सम्पर्क बिहिन हुन पुगेको थियो ।
अहिले अल्टिच्युड एयरकै अर्को हेलिकप्टर, आर्मी तथा पुलिसले खोजीकार्य गरिरहेको महाप्रवन्धक क्षेत्रीले बताएका छन ।