काठमाडौं । नेपाली हस्तकला व्यबसायमा नयाँ प्रविधि तथा पुस्ता हस्तान्तरणको समस्या देखिएको छ ।
विभिन्न व्यबसायमा बाबुले अँगालेको पेसा छोराले पछ्याउने गरेको भएपनि हस्तकला व्यबसायमा भने बाबुले गरिरहेको काममा छोराले त्यती चासो नदेखाएको देखिन्छ ।
यसरी हस्तकलाको अनविज्ञता बढदै जाँदा नेपालमा यसको भविष्य धरापमा पर्न सक्ने प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।
बिहीबार ‘विश्व कला परिषद एशिया प्रसान्त क्षेत्रको अन्तरराष्ट्रिय सम्मेलन’ मा बोल्दै उनले नेपालको हस्तकला व्यबसायलाई पुस्ता हस्तान्तरणको खाँचो रहेको बताएका हुन ।
उनले नेपाललाई हस्तकलाको धनी देश भनिएपनि हालसम्म पुरानै हस्तकलाका प्रविधि तथा क्रियाकलापहरु प्रदर्शन गरिनुले नेपालको हस्तकला दिर्घरुपी नहुने जानकारी दिएका हुन ।
हाल नेपालमा हस्तकला व्यबसाय फस्टाए अनुरुप हस्तकलामा नयाँपन भने ल्याउन नसकिएको पनि उनको भनाई थियो ।
‘नेपालमा कोदो र कोदोका पीठोसमेत आयात गर्नुपरिरहेको बेला हस्तकलाका सामग्री भने १० अर्बभन्दा बढि निर्यात भएकोमा गर्व गर्नुपर्छ,’ उनले भने ।
हस्तकला क्षेत्रले नेपालको जीडीपीलगायतका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै हस्तकला व्यबसाय तथा यस सँग सम्बन्धीत क्रियाकलापहरु प्रदेश ३ का १३ ओटै जिल्लामा पुर्याउने अठोट गरेको उनले बताए ।
उनले यसलाई अगाडी बढाउन यस सँग सम्बन्धीत व्यबसायीलाई नेपाल सरकारले जस्तोसुकै सहयोग गर्ने बताए ।