Logo

मकालुले पायो एओसी, शनिबार देखि उडान भर्ने

मकालुले पायो एओसी, शनिबार देखि उडान भर्ने



काठमाडौ । नेपाल बायु सेवा निगमले ल्याएको नयाँ वाइडबडी विमान ‘मकालु’ले उडान अनुमति पाएको छ ।

गत साउन १० गते नेपाल आईपुगेको मकालुले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेशन सर्टिफिकेट (एओसी) प्राप्त गरेको हो । एओसी प्राप्त गरे सँगै मकालुले शनिबार देखि उडान भर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार मकालुको लागि उडाउन अनुमति पाएको निगमका सह प्रवक्ता शैलेश कंसाकारले जानकारी दिएका दिएका हुन ।

निगमको नयाँ वाइडबडी मकालुले नियमित फ्लाईड सेडियुल अनुसार नै दोहाबाट उडान गर्ने भएको छ ।

चरणबद्ध अध्ययन सकिसकेपछि मकालुलाई एओसी दिइएको नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL