Logo

मादकपदार्थ सेवन गरी जहाज उडाउन खोजेपछि टीआईएमा लफडा, फ्लाई दुबईको फ्लाईट क्यान्सिल

मादकपदार्थ सेवन गरी जहाज उडाउन खोजेपछि टीआईएमा लफडा, फ्लाई दुबईको फ्लाईट क्यान्सिल



काठमाण्डौ । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पाइलटका कारण फ्लाई दुबईको एउटा उडान रोकिएको छ ।

विमानस्थल श्रोतका अनुसार काठमाण्डौबाट दुबईका लागि उड्न लागेको सो विमानका पाईलटले मादक पदार्थ सेवन गरी विमान उडाउन खोजे पछि उडान स्थगित गरिएको हो ।

श्रोतका अनुसार चेकिङ गरेर प्लेनमा बसिसकेका यात्रुहरुलाई समेत फ्लाइट क्यान्सिल भएको भन्दै उतारिएको छ ।

घटनाको बिषयमा एयरपोर्ट प्रशासनले छानबिन थालेको छ । मादक पदार्थ सेवन गरी हल्लिँदै प्लेनतिर अगाडि बढेका पाइलटलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन ।

प्रहरीको आग्रहमा पुगेको टाफिक प्रहरीले ब्रेथलाइजर प्रयोग गरी जाँच गर्दा पाइलटले अत्याधिक मादक पदार्थ सेवन गरेको पाइएको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL