काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) मा चुनावी सारगर्मी बढेको छ । यही साउन १५ गते हुने निर्वाचनका लागि ध्रुव सिम्खडा र बासुदेब पाण्डे प्यानलै बनाएर मैदानमा उत्रेका छन ।
नयाँ गन्तब्यको पहिचान गर्ने, सातै प्रदेशमा शाखा विस्तार गर्ने, रसुवाको तामाङ हेरिटेज ट्रेल र कास्कीको तांगतिंग ह्याँजाकोटमा रहेका घरबास पदयात्रा मार्गलाई नमुना घरबास पदयात्रा मार्गको रुपमा प्रचार गर्ने लक्ष सिम्खडा प्यानलको रहेको छ ।
साथै ति क्षेत्रहरुको नेपाल पर्यटन बोर्ड, ट्रेकिंग एजेन्सिज एसोसियसन अफ नेपाल र नेपाल पर्वतारोहण संघहरुसंगको सहकार्यमा अन्य सम्भावित ग्रामिण क्षेत्रहरुमा घरबास चक्रीय पदयात्राको विकासमा जोड दिइने सिम्खडा प्यानलको घोषणा पत्रमा उल्लेख छ ।
त्यस्तै गाउँ पर्यटनलाई राष्ट्रिय पर्यटनको मुलधारमा ल्याउन सरकार सँग पहल गर्ने, प्रत्इक प्रदेशको एक गाउँलाई नमुना गाउँको रुपमा विकाश गर्ने, कल्चरल मेघा इभेन्टको आयोजना गर्न सरकार, पर्यटा बोर्ड लगायतका संस्थाहरु सँग पहल गर्ने पाण्डे समुहको घोषणा पत्रमा उल्लेख छ ।
सिम्खडा समुहबाट प्रथम उपाध्यक्षका प्रत्यासी कृष्णबहादुर सुवेदी, महासचिबमा जस्फा पाण्डे तथा पाण्डे समुहबाट प्रथम उपाध्यक्षका प्रत्यासी दिपक दाहाल, महासचिबमा दिपक खनाल लगायत ११ जना रहेका छन ।