Logo

पाल्पाको रानीमहल १० वर्षको लागि स्थानीय सरकारलाई, विना अनुमति स्वरुप परिवर्तन गर्न नपाईने

पाल्पाको रानीमहल १० वर्षको लागि स्थानीय सरकारलाई, विना अनुमति स्वरुप परिवर्तन गर्न नपाईने



काठमाडौं । सरकारले ‘पाल्पामा रहेको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानीमहल’ स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोककुमारी शाहीले बिहीबार रानीमहल हस्तान्तरण सम्बन्धी १० वर्षे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

दुई महिनाअघि रानीमहलमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गर्ने बताएको थियो ।

पर्यटन मन्त्री अधिकारीको उपस्थितिमा गरिएको समझौतामा उक्त महलको व्यवस्थापन, संचालन र मर्मत सम्भार गर्दा सरकारको अनिवार्य स्वीकृति लिनुपर्ने ब्यवस्था गरिएको छ ।

कार्यक्रममा मन्त्री अधिकारीले महलको उचित व्यवस्थापन गरी आयआर्जन गर्न तानसेन नगरपालिकालाई आग्रह गरेका छन । उनले महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने बताएका छन ।

१० वर्षे समझदारी पत्रमा सो महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था पनि गरिएको छ ।

सम्झौता अनुसार स्थानीय सरकारले सरकारको अनुमति विना महलको कुनै स्वरुप परिवर्तन गर्न नपाइने ब्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख शाहीले महलको पूरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको उजागर गर्दै यसलाई विश्वमै चिनाउने गरी व्यवस्थापनको काममा लाग्ने प्रतिवद्धता व्यक्त  छन ।

प्रतिक्रिया दिनुहोस्
MBL