Logo

बर्षातले २ दिन देखी लुक्ला विमानस्थल अवरुद्ध, नेपालगञ्जबाट पहाडी जिल्लाका सबै उडान बन्द

बर्षातले २ दिन देखी लुक्ला विमानस्थल अवरुद्ध, नेपालगञ्जबाट पहाडी जिल्लाका सबै उडान बन्द



काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक उडान प्रभावित भएका छन ।

वर्षाका कारण काठमाडौंबाट हुने उडानमा खासै प्रभावित नभए पनि आईतबार राती देखी परेको वर्षाले पोखरा, लुक्ला भैरहवा, भरतपूर तथा जनकपुरको हवाईसेवा प्रभावित भएको थियो ।

सोमबार सुर्खेत लगायतका विमानस्थलबाट कुनै उडान हुन नसकेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।

त्यस्तै नेपालगञ्जबाट उडान हुने पहाडी जिल्लाहरुमा सिमिकोट, रारा, जुम्ला, डोल्पा, बाजुरा तथा रुकुमको सल्ले विमानस्थलमा उडान अवरुद्ध भएको नेपालगञ्ज विमानस्थल श्रोतले जानकारी दिएको छ ।

आईतबार विहान देखी परेको बर्षातले अवरुद्ध भएको लुक्ला विमानस्थल भने अझै खुल्न सकेको छैन

प्रतिक्रिया दिनुहोस्
MBL