Logo

स्याङ्जामा व्यावसायिक क्यानोनिङ गाईड तालिम, सहासिक पर्यटन खेलको गन्तब्य बनाईने

स्याङ्जामा व्यावसायिक क्यानोनिङ गाईड तालिम, सहासिक पर्यटन खेलको गन्तब्य बनाईने



काठमाडौं । नेपाल क्यानोनिङ एशोसिएसनले स्याङ्जामा क्यानोनिङग गाईड ट्रेनिङ सम्पन्न गरेको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, सुन्तलबरी ग्रामीण आवस व्यवस्थापन समितिको सहयोगमा द्वितिय चरणको क्यनियोनिङ गाईड तालिम स्याङ्जाको सुन्तलबरी ग्रामीण आवस स्थित बसन्ती झरणमा सम्पन्न गरेको हो ।

वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौड्यलले तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई वधाई दिदैं वालिङ नगरपालिकामा पर्यटनको पूर्वाधारको बिकास गरी व्यावसायिक शुरुआत गर्न आवश्यक कार्य भईरहेको बताए । साथै स्याङ्जा जिल्लालाई सहासिक पर्यटन खेलको विधा क्यनिन्योनिङको गन्तव्य बनाउंन रणनितीक योजना बनाउन आफु लाग्ने बताएका छन ।

नेपालको विभिन्न क्षेत्रमा नेपाल क्यनिन्योनिङ एशोसिएसनले क्यनिनोनिङको सम्भव्यता अध्ययन, बिकास र प्रवद्र्धन तथा दक्ष जनशक्ती उत्पादनको लागि विभिन्न तालिम सन्चालन गर्दै आईरहेको छ ।

७ दिने क्यनियोनिङ गाईड तालिमको जानकारी दिँदै प्रमुख प्रशिक्षक राजेश लामाले क्यानोनिङ् सहासिक पर्यटन खेलको विकास तथा पर्टकहरुलाई थप सेवासुविधा उपलब्ध गराउनका लागि वर्षेनी यस्तो कार्यक्रमको आयोजना गरिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL