Logo

हुम्ला उड्डयन कार्यालयमा धर्ना, यात्रुहरु विमानस्थलमै अलपत्र

हुम्ला उड्डयन कार्यालयमा धर्ना, यात्रुहरु विमानस्थलमै अलपत्र



काठमाडौं । सिमीकोट नागरिक उड्डयन कार्यालय हुम्लामा शनिबार विहान देखी हवाई भाडा महँगीको विरोधमा धर्ना दिएको छ ।

हवाई भाडा बढेको भन्दै धर्ना दिएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङले जानकारी दिएका छन ।

उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङको नेतृत्वमा भएको धर्नामा सम्पूर्ण राजनीतिक दल, स्थानीय निकायका पदाधिकारी, नागरिक समाज, व्यापारी, शिक्षक, बुद्धिजीवि समेतको सहभागिता रहेको छ ।

उड्डयन कार्यालयमा धर्नाले गर्दा सिमिकोटबाट अन्यत्र जाने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन ।

प्रतिक्रिया दिनुहोस्