Logo

प्रदेश सरकार र सीता एयरबीच सम्झौता, सुर्खेतबाटै ६ नम्बर प्रदेशमा उडान भरिने

प्रदेश सरकार र सीता एयरबीच सम्झौता, सुर्खेतबाटै ६ नम्बर प्रदेशमा उडान भरिने



काठमाडौं । प्रदेश नं. ६ को सरकार र सीता एयरबीच बुधबार हवाई सेवा संचालन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सीता एयरले सिमिकोट, रारा ,जुम्ला र डोल्पा विमानस्थलमा प्रदेश राजधानी सुर्खेतबाट नियमित हवाई सेवा संचालन गर्नेछ ।

नियमित हवाई संचालनको लागि सीता एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हवाई उडान अनुमति प्राप्त गरे पछि मात्रै उक्त स्थानहरुमा उडान भर्न पाउनेछ ।

हवाई सेवा संचालनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अहिले सम्म उडान तालिकाको लागि नेवेदन भने आईसकेको छैन ।

दुर्गम क्षेत्रको सेवाको लागि उडान भर्न सीता एयरबाट निवेदन आएको खण्डमा तत्कालै स्वीकिृत गरिदिने प्राधिकरणका महानिर्देशक संजिब गौतमले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्