Logo

असार १ बाट राजविराज विमानस्थल सञ्चालनमा, श्री एयरलाईन्सले उडान भर्ने

असार १ बाट राजविराज विमानस्थल सञ्चालनमा, श्री एयरलाईन्सले उडान भर्ने



काठमाडौं । लामो समयको प्रतिक्षा पछि राजविराज विमानस्थल पुन सञ्चालनमा आउने भएको छ ।

प्रदेश २ सप्तरी स्थित राजविराज विमानस्थल स्तरोन्नति सहित असार १ गते देखि नियमित उडान सुरु हुने संसकृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताएका छन ।

मन्त्री अधिकारी आफैं श्री एयरलाइन्स मार्फत राजविराज पुगेर विमानस्थल पुन सञ्चालनमा आएको ट्वीटर मार्फत जानकारी दिएका छन ।

उक्त विमानस्थल पक्की धावनमार्ग सहित सम्पूर्ण पूर्वाधार तयार हुँदा पनि प्राविधिक कारण देखाई उडान भरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL