काठमाडौं । सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ ।
शेर्पाको गए राती मृत्यु भएको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक प्रद्युम्न कुमार अधिकारीका अनुसार शेर्पा आधार शिविर २ को खुुम्बु आइसफलमा लडेर घाइते भएको थियो ।
घाईते शेर्पाको तत्काल उपचारका लागि खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको बताएका छन ।
शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणका लागि गएको थियो ।
यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको समेत मृत्यु भएको छ ।
शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ बर्षिय जापानी नोबुकाजु कुरीकी र ६२ बर्षिय मेसोडोनियाली जेआर्जी पेटकोभको सगरमाथाको शिविर ३ मा लेक लागेर मृत्यु भएको हो ।
सगरमाथा आरोहणको ९ औं दिन सोमबार सम्ममा ३ सय १६ भन्दा बढी आरोही चुचुरामा पुगेका नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।