Logo

चिनीया भाषामा पनि बन्यो पर्यटन बोर्डको वेबसाइट, चिनीया पर्यटक बढाउने लक्ष्य

चिनीया भाषामा पनि बन्यो पर्यटन बोर्डको वेबसाइट, चिनीया पर्यटक बढाउने लक्ष्य



काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो चिनीया भाषाको वेवसाइट सार्वजनिक गर्ने भएको छ । चिनीया पर्यटक बढिभन्दा बढि भित्र्याउने लक्ष्यसहित पर्यटन बोर्डले आफ्नो वेवसाइट चिनीया भाषामा पनि विकाश गरेको हो ।

बोर्डले सो चिनीया भाषाको वेबसाइट आउने सोमवार सार्वजनिक गरिने जानकारी दिएको छ । उक्त वेबसाइट सार्वजनिक गर्ने दिन बोर्डले नेपालका सातै प्रदेशका पर्यटकिय स्थलको भिडीयो पनि सार्वजनिक गर्नेछ ।

सन २००३ देखि अहिलेसम्म नेपालमा चिनीया पर्यटक १ सय प्रतिशतले वृद्धि भएको छ । भने चिनीया पर्यटकहरु नेपालको लागि महत्वपुर्ण पर्यटकीय आधार भएकोले चिनीया भाषाको वेबसाइट सार्वजनिक गर्न लागिएको हो ।

‘वेलकम नेपाल डट सिएन’ नामक वेबसाइट चिनीया भाषामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्