Logo

एक महिनामै भित्रिए १ लाख पर्यटक, भारतबाट सबैभन्दा बढि

एक महिनामै भित्रिए १ लाख पर्यटक, भारतबाट सबैभन्दा बढि



काठमाडौं । यो बर्ष एक महिनामै करिब १ लाख विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङक अनुसार सन् २०१८ को अप्रील महिनामा ९८ हजार ६ सय ५० जना विदेसी पर्यटक नेपाल भित्रिएका हुन ।

अघिल्लो बर्षको अप्रिलको तुलनामा नेपाल भित्रिने पर्यटकको संख्या ११ दशमलव ४ प्रतिशतले बढेको हो । अघिल्लो बर्षको सो अबधिमा कुल ८८ हजार ५ सय ९१ जना विदेसी पर्यटक नेपाल आएका थिए ।

तथ्याङक अनुसार अप्रिल महिनामा भारतबाट सबैभन्दा बढि पर्यटक नेपाल भित्रिएका छन् । सो अबधिमा भारतबाट १६ हजार ६ सय १२ जना पर्यटक नेपाल आएका हुन । जुन अघिल्लो बर्षको अप्रिलको तुलनामा १३ दशमलव ८ प्रतिशतले बढि हो । अघिल्लो बर्षको अप्रिलमा १४ हजार ५ सय ९५ जना भारतीय पर्यटक नेपाल आएका थिए ।

यसका साथै यो बर्षको अप्रिलमा सार्क राष्ट्रभन्दा अन्य एसियाली मुलुकबाट नेपाल आउने पर्यटक पनि बढेको तथ्याङकले देखाएको छ । अप्रिलमा सार्क राष्ट्र बाहेकका अन्य एसियाली मुलकबाट अघिल्लो बर्षको अप्रिलको तुलनामा २८ दशमलव १ प्रतिशतले बढि पर्यटकहरु नेपाल भित्रिएका छन् ।

साथै अन्य मुलुकबाट पनि गएको अप्रिलमा १३ हजार २ सय २६ जना पर्यटक नेपाल आएका छन् । तर, बंगलादेश, सिङगापुर, डेनमार्क, जर्मनी, नर्वे, स्पेन, स्विडेन र बेलायत लगायतका देसबाट आउने पर्यटकको संख्यामा अघिल्लो बर्षको अप्रिलको तुलनामा यो बर्षको अप्रिलमा घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL