काठमाडौं । नेपालमा जलमार्ग सञ्चालनको बाटो खुलेको छ । बाटो खुले सँगै नेपालमा १ सय ५० देखी २ सय सम्म साना पानी जहाज सञ्चालन गर्न सकिने भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा जलमार्ग सञ्चालनकको लागि संयुक्त कार्यदल बनाएर सर्वेको काम सुरु गर्ने सहमति भएको हो ।
यस अघिनै परराष्ट्र मन्त्री प्रदिप ज्ञवलीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा रेलमार्ग तथा जलमार्गको कुरा उठाउने बताएका थिए । सहमति अनुसार जलमार्ग डिपिआरको लागि भारत सरकारले छिट्टै विज्ञ समुह नेपाल पठाउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा वलीको पछिल्लो भारत भ्रमणमा भएको सहमति अनुसारनै नेपालमा जलमार्ग सम्भाव्यता अध्ययन हुने भएको हो ।