काठमाडौं । पोल्यान्डले आफ्नो १ सय औं स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पोलिस हिमालयज २०१८ आयोजना गर्ने भएको छ । सो आयोजना अन्तरगत पोल्यान्डले काठमाडौंमा सुपर म्याराथन र सगरमाथमा आधार शिविर सम्मको पैदलयात्रा आयोजना गर्ने भएको हो ।
सो आयोजना अन्तरगत ३ सय ५० जना पोल्यान्डका नागरीकले लुक्लाबाट सगरमाथाको आधारशिविर सम्मको यात्रा गर्नुपर्नेछ । सो यात्रा यसैबर्षको अक्टोवरमा आयोजना हुनेछ ।
सका साथै आयोजनाको दोस्रो कार्य अन्तरगत काठमाडौंमा १ सय किमीको म्याराथन आयोजना हुने भएको हो । आयोजकका अनुसार सो म्याराथन प्रतिश्पर्धाको लागि नभयर शारिरीक फिटनेसको लागि गर्न लागिएको हो ।
सो म्याराथनमा खेलाडीहरुले विभिन्न समयमा निश्चित समयको आराम गर्दै दगुर्न पाइने आयोजकले जानकारी दिएको छ ।