Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनका लागि अन्तिम तयारी, दक्ष जनशक्तिको अभाव

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनका लागि अन्तिम तयारी, दक्ष जनशक्तिको अभाव



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनको लागि अन्तिम तयारीमा रहेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल यही जेठ ७ बाट २१ घण्टा सञ्चालन गर्ने गरी अन्तिम तयारी भईरहेको जानकारी दिएको छ ।

संस्कृति पर्यटक तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आफ्नो सय दिने कार्यक्रम अन्तर्गत रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनको लागि निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशन सँगै विमानस्थल २१ घण्टा सञ्चालनको लागि अन्तिम तयारीमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

ठाकुरका अनुसार विमानस्थल २१ घण्टा सञ्चालनको लागि टीआईएमा कार्यरत स्टेकहोल्डरहरु सँग छलफल भैसकेको छ । टीआईएमा कार्यरत भन्सार, अध्यागमन, नेपाल प्रहरी, नेपाल आर्मी लगायतका स्टेकहोल्डरु सँग २÷३ चरणको बैठक समेत गरेको प्रवक्ता ठाकुरले बताएका छन ।

ठाकुरका अनुसार स्टेकहोल्डरुसँग आवश्यक जनशक्ति तयारी गर्न समेत पत्रचार भएको छ । विमानस्थलले आन्तरिक रुपमा पनि एअर ट्राफिक कन्टोलर लगायतका अर्गनाइजेशनहरु सँग पनि छलफल भएको बताएका छन ।

२१ घण्टा सञ्चालनको लागि आफुहरुलाई केही जनशक्ति कम भएको र त्यसका लागि प्रधानकार्यालयले परिपूर्ति गरिदिने काम भईरहेको प्रवक्ता ठाकुरले जानकारी दिए ।

तर, विमानस्थललाई २१ घण्टा सञ्चालनमा केही समस्या रहेको उनको भनाई थियो । टर्मिनलहरु सबै पुरानो भइसकेका तथा रनवेहरु वेलावेलामा उप्किने तथा मर्मत गर्नु पर्नेछ । साथै दक्ष जनशक्ति अभाव रहेको प्रवक्ता ठाकुरले बताएका छन । मन्त्री अधिकारीको टार्गेटलाई पुरा गर्न समस्यालाई न्युनिकरण गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई यही जेठ ७ गते देखी हामी २१ घण्टा सञ्चालन गरेरै छाड्ने ठाकुरको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL