Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १ हजारका लागि सिट, आन्तरिक टर्मिनलमा पनि उभिन नपर्ने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १ हजारका लागि सिट, आन्तरिक टर्मिनलमा पनि उभिन नपर्ने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १ हजार यात्रुलाई बस्न मिल्ने गरी सिटको ब्यवस्था गरिएको छ । विमानस्थालमा यात्रुको चाप बढेसँगै सिट संख्या बढाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार अन्तरराष्ट्रिय विमानस्थलमा भएको पुरानो सिटहरु भने आन्तरिक टर्मिनलमा लगिएको छ । साथै पर्यटन मन्त्रालयले भने आन्तरिक टर्मिनल तर्फ यात्रुको चापलाई थेग्ने गरि बस्ने सिटको ब्यवस्था गरेको ट्वीट मार्फत सार्वजनिक गरेको छ । मन्त्रालयले आफ्नो हेलो टुरिजमएनपीमार्फत ट्वीट गर्दै यात्रुहरुलाई बस्नको लागि सहज बनाउन बस्ने सिटको ब्यवस्था गरेको जानकारी दिएको हो ।

आन्तरिक टर्मिनल तर्फ बस्नको लागि पर्याप्त सिट ब्यवस्था नहुँदा यात्रुहरु उभिएरै बस्नु पर्ने अवस्था रहेको थियो । अब यात्रुहरुले उभिएर टर्मिनल भित्र जहाज कुर्नु नपर्ने भएका छन । मन्त्रालयले अहिले टर्मिनल भित्र बस्ने सिटको ब्यवस्था गरेको छ । साथै नयाँ सुधारको काम पनि गर्दै जाने ट्वीट मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL