Logo

यी हुन् विश्वकै व्यस्त ‘एयर रुट’, एकदिनमै हुन्छ ८४ उडान

यी हुन् विश्वकै व्यस्त ‘एयर रुट’, एकदिनमै हुन्छ ८४ उडान



सिङ्गापुरदेखि छिमेकी देश मलेसियाको राजधानी क्वालालम्पुरसम्मको एक घण्टाको हवाई यात्रा विश्वकै सबैभन्दा व्यस्त एयर रुट मानिन्छ । गत वर्षको फेब्रुअरीदेखि एक वर्षको अवधिमा यो रुटमा ३० हजार ५३७ ओटा उडान भएको ओएजी एभिएसन वर्ल्डवाइड लिमिटेडले जनाएको छ । यो दैैनिक औषत ८४ ओटा जहाज उडान हुन आउँछ ।

विश्वका व्यस्त बीस एयर रुटमा अधिकांश एसियाकै रहेको छ । एसिया बाहिर न्यूयोर्क र टोरन्टो सबैभन्दा अगाडी छ । यी दुई स्थानबीचको रुटमा एक वर्षमा १६ हजार ९५६ ओटा उडान भएको तथ्यांक छ । त्यस्तै डुब्लिन र हिथ्रो बीचको उडान व्यस्तताको हिसाबले १४ औं स्थानमा छ । यहाँ वर्षेभर १४ हजार ३९० ओटा उडान भएका छन् ।

हवाइ यात्रुको संख्याको हिसाबले हङकङदेखि ताइपेइसम्मको रुट सबैभन्दा अघि छ । यो रुटमा विगत एक वर्षमा ६५ लाख यात्रुले उडान गरेका छन् । जकार्ता र सिंगापुर दोस्रो स्थानमा छ जहाँ ४७ लाखले उडान गरेका छन् भने व्यस्त रुट क्वालालम्पुर र सिंगापुरमा ४० लाखले उडान गरेका छन् ।

एसिया विश्वकै तीव्र गतिमा अघि बढेको यात्रा बजारका रुपमा देखिएको छ । तर आन्तरिक विमानस्थलका हिसाबले भने अन्तरराष्ट्रिय रुटको तुलनामा सियोलदेखि दक्षिण कोरियाको जेजु आइल्याण्डसम्मको रुट सबैभन्दा व्यस्त रहेको छ । यो रुटमा वर्षभर ६५ हजार उडान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL